Wide Nepal News आइतबार १९, साउन २०८२ ०२:४५

डिलाशैनी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारदेखि शुरु

सम्बाददाता सम्बाददाता
शुक्रबार, पुष २७, २०८०
डिलाशैनी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारदेखि शुरु

बैतडीको डिलाशैनी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । 

बिहीबार एक कार्यक्रमकाबीच वडा नं ५ स्थित हरिनगर खेलमैदानमा प्रतियोगिताको उद्दघाटन गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । गाउँपालिकास्तरीय खेलकुद विकास समितिका अध्यक्ष विरेन्द्र बोहराको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए । 

प्रतियोगितामा गाउँपालिकाभरीका १२ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । पौष २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगायतका खेलहरु समावेश गरिएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । प्रतियोगिताले जिल्लास्तरीय प्रतियोगितामा सहभागिताका लागि पालिकाको टीम तयार गर्न सहज हुने प्रवक्ता भट्टले बताए । 
 

प्रतिक्रिया