Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ११:२८

बैतडीको डिलासैनीमा कोदालो प्रहार गरि छिमेकीको हत्या

Wide Nepal News
शुक्रबार, बैशाख २३, २०७९
बैतडीको डिलाशैनी गाउँपालिकामा छिमेकीले गरेको कोदालोे प्रहारबाट एक युवकको हत्या भएको छ। डिलाशैनी गाँउपालिका ७, मनकुडामा स्थानीय विरसिंह ऐरीले २१ वर्षिय छिमेकी श्यामसिंह एैरीको कोदालो प्रहार गरेर हत्या गरेको स्थानीयले जानकारी दिएका छन्। शुक्रबार दिउँसो दुवै जनाको खानेपानीको विषयलाई लिएर वादविवाद हुँदा ऐरीले कोदालो प्रहार गरेर श्यामको हत्या गरेको स्थानीयले बताएका छन्। कोदालो प्रहार गरि ऐरको हत्या गर्ने छिमेकी विरसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । घटनाबारे थप बिवरण आउन बाँकि रहेको छ। कोदालो प्रहार गरि ऐरको हत्या गर्ने छिमेकी विरसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया