Wide Nepal News मङ्गलबार २१, साउन २०८२ ०९:१४

बैतडीको पाटनकी जयन्ती बिजले भीमदत्त कृषक पुरस्कारबाट सम्मानित

सम्बाददाता सम्बाददाता
बिहिबार, साउन ११, २०८०
बैतडीको पाटनकी जयन्ती बिजले भीमदत्त कृषक पुरस्कारबाट सम्मानित

बैतडीकी अगुवा कृषक जयन्ती सुदूुरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट भीमदत्त  कृषक पुरस्कारबाट सम्मानित भएकी छन् । जिल्लाको   पाटन नगरपालिका वडा नं ९  घर भएकी अगुवा कृषक  जयन्ती बिजले  प्रदेश स्तरिय उत्कृष्ट भीमदत्त  कृषक पुरस्कारबाट ७५ हजार नगद सहित  सम्मानित भएकी हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधवार धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषकहरूलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । जयन्ती पाटन नगरपालिकाकार्यपालिका सदस्य समेत हुन् ।

भुमी व्यवस्था तथा कृषी, सहकारी मन्त्रालय अन्र्तगत पर्ने कृषी विकाश निर्देशनालय सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरिएको कार्यक्रममा प्रदेशका ५ जना कृषक सम्मानित भएका हुन् । यस्तै पुरस्कारबाट पुरस्कृत भएकी महिला किसान जयन्ती बिजलेले पुरस्कार पाउँदा खुसी लागेको बताइन् ।

कृषि पेशाबाटै आफू समाजमा स्थापित भएको र आम्दानी समेत गरिरहेको उनले सुनाइन् । यो भन्दा पहिला पनि उनी विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन् । 

प्रतिक्रिया