Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०३:४७

भारतले धौलीगङ्गाको बाँध खोल्यो, महाकाली किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

सम्बाददाता सम्बाददाता
शनिबार, साउन ०६, २०८०
भारतले धौलीगङ्गाको बाँध खोल्यो, महाकाली किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलेको छ ।

भारतले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोल्ने जानकारी हिजै दिएको हो । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली तटिय क्षेत्रका बासिन्ताहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका महाकाली नदीका तटिय क्षेत्र हुन् । 

असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो । यस्तै २०७० सालमा भारतले कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर ठूलो क्षति भएको थियो ।


 

प्रतिक्रिया