Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०१:५६

राष्ट्रिय युवा परिषदको आठौं स्थापना दिवस डिलासैनीमा पनि मनाइयो

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन १९, २०७९
राष्ट्रिय युवा परिषदको आठौं स्थापना दिवस डिलासैनीमा पनि मनाइयो

आज राष्ट्रिय युवा परिषदको आठौं स्थापना दिवस । स्थापना दिवसको अवसर पारेर परिषद्मा आबद्द युवाहरुले विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका छन् । 

वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनको सम्झनामा बैतडीको डिलासैनि गाउँपालिकामा पनि दिवस मनाइएको हो । 

राष्ट्रिय युवा परिषदसित आबद्द युवाहरुले दिवसको अवसर पारेर डिलासैनी गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय युवा परिषद् बैतडीका संस्थापक अध्यक्ष समेत रहेका सन्तोषप्रकाश जोशीको आथित्यमा विभिन्न कार्यक्रम गरि मनाएका हुन् । 

हाल डिलासैनी गाउँपालिकामा राष्ट्रिय युवा परिषदको सहयोगमा नमूना युवा संसद अभ्यास कार्यक्रम समेत सञ्चालन भइरहेको डिलासैनी गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया