Wide Nepal News मङ्गलबार २१, साउन २०८२ ११:५८

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना सम्भावना

सम्बाददाता सम्बाददाता
सोमबार, माघ ०९, २०७९
आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र  हिमपातको सम्भावना सम्भावना

आज साँझ सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ। दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। यस्तै राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको माहाशाखाले जनाएको छ।

प्रतिक्रिया