Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०१:५४

डिलासैनीमा मिनिग्रिड सोलार जडान, दलितबस्तीका १ सय २६ परिवारलाई नि:शुल्क उज्यालो उपहार

सम्बाददाता सम्बाददाता
शनिबार, मङि्सर २४, २०७९
डिलासैनीमा मिनिग्रिड सोलार जडान, दलितबस्तीका १ सय २६ परिवारलाई नि:शुल्क उज्यालो उपहार

बैतडीको डिलाशैनी गाउँपालिका ५ बिनाबस्तीस्थित दलित टोलमा मिनिग्रिड सोलार जडान भएको छ । ३० किलोवाट क्षमताको मिनिग्रिड सोलार जडान गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । 

डिलाशैनी गाउँपालिका वडा नं ५ को दलित बस्तीलाई लक्षित गरेर प्रदेश सरकारको सहयोगमा गोल्छा ग्रूप अन्तर्गत पर्ने हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले मिनिग्रिड सोलार जडान गरेको तथा पावर हाउस निर्माण गरेर ब्याट्री, सोलार प्यानल जडानको काम सम्पन्न भएको गोल्छा ग्रूपका इन्जिनियर विकास साहले बताए । 

यस्तै सोलार जडान गर्ने घरधुरीमा मिटर जडानको कार्य भइरहेको उनले बताए । मिनिग्रिड सोलारबाट १ सय २६ घरधुरीमा बत्ती बल्ने प्रवक्ता भट्टले बताए । 

प्रतिक्रिया