Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:३६

‘बालेन साह होस गर’ भन्दै सुकुम्बासीको प्रदर्शन

सम्बाददाता सम्बाददाता
सोमबार, मङि्सर १२, २०७९
‘बालेन साह होस गर’ भन्दै सुकुम्बासीको प्रदर्शन

वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारी पुगेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको छ।

महानगरपालिकाले बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरु विरोधमा उत्रिएसँगै तनाव बढेको हो। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढा गर्दै टायरसमेत बालेका छन्।

प्रदर्शनकारीहरुले काठमाडौं महानगरमा मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका छन्। टायर बालेर उनीहरुले मेयर बालेनको विरुद्ध नारा लगाउनुका साथै लालपूर्जा र नागरिकता तुरुन्त दिनसमेत माग गरेका छन्।

‘बालेन साह होस गर’, ‘हामीलाई नागरिकता दे’, ‘हामीलाई लालपूर्जा दे’ डोजर लाउन पाइदैन, गरिब मार्न पाइदैन,’ जस्ता नारा लगाउँदै उनीहरुले विरोध गरेका हुन्। झडप हुने सम्भावना बढेपछि बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।

 

प्रतिक्रिया