Wide Nepal News आइतबार १९, साउन २०८२ ०२:१७

दार्चुलामा एमाले उम्मेदवार जोशीलाई पराजित गर्दै माओवादी केन्द्रका धामी निर्वाचित

सम्बाददाता सम्बाददाता
बुधबार, मङि्सर ०७, २०७९
दार्चुलामा एमाले उम्मेदवार जोशीलाई पराजित गर्दै माओवादी केन्द्रका धामी निर्वाचित

दार्चुलामा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका  उम्मेदवार मान बहादुर धामी (सन्तोष) बिजयी भएका छन् । 

नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतको अन्तरले पराजित गर्दै माओवादी केन्द्रका दार्चुला संयोजक धामी बिजयी भएका हुन् । प्रदेश सभा २ मा खसेको कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशका वन, वातारण तथा पर्यटन मन्त्री समेत रहेका धामी बिजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । धामी विक्रम संवत् २०७४ सालमा सम्पन्न निर्वाचनमा समेत सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
 

प्रतिक्रिया