Wide Nepal News आइतबार १९, साउन २०८२ ०८:१५

सन्दीप लामिछाने सम्पर्कमा, कहाँ छन् ?

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ ३१, २०७९
सन्दीप लामिछाने सम्पर्कमा, कहाँ छन् ?

काठमाडौं: नाबालिगमाथि जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने  हाल सिंगापुरमा रहेको खुलेको छ।

जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन्। कानून व्यवसायीसँग सल्लाह गरेपछि उनी सिंगापुर पुगेको बताइएको छ।

स्रोतका अनुसार उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएका छन्। सन्दीप तत्काल नेपाल नआइकन मुद्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ।

पक्राउ पुर्जी जारी भएसँगै सन्दीप आइतबार नै वेष्ट इन्डिजबाट नेपाल फर्कने भनिए पनि हालसम्म उनी सम्पर्कमा थिएनन्।  ६ भदौमा उनी केन्यामा टी–२० खेल्न गएका थिए। त्यहाँबाट सीपीएल खेल्न उनी वेष्ट इन्डिज गएका थिए।

काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई पक्राउ पूर्जी आदेश दिएको थियो। लामिछानेलाई अध्यागमन विभागले पनि कालोसूचीमा राखेको छ। उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने हुनसक्ने प्रहरी बताउँछ ।

लामिछानेमाथि एक १७ वर्षीया नाबालिगलाई सिनामंगलस्थित होटलमा राखेर बलात्कार गरेको आरोप छ। २१ भदौमा नाबालिगले आफूलाई भदौ ५ मा बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्।

यो पनि पढ्नुहोस् :

https://widenepalnews.com/news/628

प्रतिक्रिया