Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०१:१४

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव बिष्ट नियुक्त

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ३०, २०७९
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव बिष्ट नियुक्त

सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव बिष्ट नियुक्त भएका छन् । 

नवनियुक्त उपाध्यक्ष बिष्टलाई बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् नीति तथा योजना आयोगका अध्यक्ष त्रिलोचन भट्टले सपथ ग्रहण गराएका छन् ।

दार्चुला घर भएका बिष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख एवम् गोकुलेश्वर माद्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन् ।

यसअघि उनी प्रदेश नीति तथा योजना आयोगका सदस्यका रुपमा रहेर काम गर्दै आएका थिए । 

प्रतिक्रिया