Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:४७

जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न दार्चुला आइपुगे डिएसपी पाण्डेय

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ २८, २०७९
जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न दार्चुला आइपुगे डिएसपी पाण्डेय

जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी नायव उपरीक्षक (डिएसपी) तर्कराज  पाण्डेय दार्चुला पुगेका छन् ।  

पर्यटक प्रहरी कार्यालय काठमाण्डौं रहेका पाण्डेय सोमबार दार्चुला पुगेका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्ट संयुक्त राष्ट्र संघको शान्ती मिसनमा सुडान गएपछि उनको ठाउँमा सोमबार मात्रै डिएसपी तर्कराज पाण्डेय दार्चुला पुगेका हुन् । उनले सोमबारदेखि कार्यभार सम्हालेका छन ।

डिएसपी पाण्डेयले लास्कु खोला र महाकाली नदीमा आएको बाढीले गरेको क्षेतिको अवालोकन समेत गरेका छन् । 

प्रतिक्रिया