Wide Nepal News शुक्रबार २४, साउन २०८२ ०२:०१

बहुविवाह सम्बन्धि कानुन विवादः बैतडीका अधिकारकर्मीले गराए सरकारका ध्यानाकर्षण

सम्बाददाता सम्बाददाता
बिहिबार, साउन २३, २०८२
बहुविवाह सम्बन्धि कानुन विवादः बैतडीका अधिकारकर्मीले गराए सरकारका ध्यानाकर्षण

 बहुविवाह गर्न सकिने गरि ल्याउन लागेकाे भनिएकाे कानूनकाे प्रक्रिया रोक्न बैतडीका अधिकारकर्मीले नेपाल सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन-पत्र बुझाउदै अधिकारकर्मीहरूले ध्यानाकर्षण गरिएका हुन् ।

अधिकारकर्मी सरस्वती नेपालीको अगुवाइमा दलित समाज बिकास मञ्च र अखिल नेपाल महिला संघ बैतडीले प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल मार्फत नेपाल सरकारलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन ।

“मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले ल्याउन लागेको कानुनले महिला समानताको नाममा अमुख व्यक्तिहरुले अवान्छित ईच्छा पुरा गर्ने र महिलाहरुलाई दासको रुपमा व्यवहार गर्न बाटो खुलाउने भएकाले उक्त कानुन ल्याउने प्रक्रिया तत्काल रोक्न माग गर्दछौ” ज्ञापन पत्रमा भनिएको छ ।

लामो संघर्ष पछि महिलाहरुले पाएकाे अधिकारलाई सरकारले वेवास्ता गरि पितृसत्तात्मक साेचलाई प्रसय दिनु राम्रो कुरा नभएको अधिकार्कर्मी नेपालीले बताउनुभयो ।

प्रतिक्रिया