Wide Nepal News आइतबार १९, साउन २०८२ ००:५५

दुहुँमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया, विद्यार्थीलाई मोबाइल निषेध

सम्बाददाता सम्बाददाता
मङ्गलबार, फागुन ०६, २०८१
दुहुँमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया, विद्यार्थीलाई मोबाइल निषेध

दुहुँ गाउँपालिकाका स्थित पिपलचौरी माध्यमिक विद्यालय विणमा दुहुँको शिक्षा सुधारको लागि शैक्षिक अन्तरक्रिया गरिएको छ ।

दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थितिमा अन्तरक्रिया भएको हो ।

दुहुँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्रबहादुर बमका अनुसार कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीहरुले विद्यालय शिक्षा सुधारका लागि सुझाव पेश गर्ने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिह बोहराले विद्यालयको वर्तमान अवस्था र नतिजा सुधारका लागि विद्यालयले चालू शैक्षिक सत्रमा सञ्चालन गरेका प्रयासहरुबारे जानकारी गराएका छन ।

पिपलचौरी माध्यमिक विद्यालय बिणका शिक्षक अभिभावक संघका सदस्य अमरबहादुर बमको अध्यक्षतामामा सञ्चालन गरिएको कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुरसिंह बडालको प्रमुख आतिथ्यता रहेको थियो ।

अन्तरक्रियालाई सम्बोधन गर्दै दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी कक्षा १० सम्मको शिक्षा पुर्णरुपमा निशुल्क गरेको, बिषयगत र कम्प्युटर शिक्षकको व्यवस्था गरेको र पालिकास्तरीय परीक्षा सञ्चालन गरि सिकाइमा सुधार गर्ने नीति ल्याएको बताए ।

अन्तरक्रिया पछि भेलाले आगामी दिनमा अभिभावकले विद्यार्थीहरुलाई नियमितरूपमा विद्यालय पठाउनुपर्ने, अनुपस्थित विद्यार्थीबारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने निर्णय गरेका छन् ।

त्यस्तै विद्यालय अनुगमनलाई प्रभावकारी बनाउने, नतिजा सुधारका लागि फागुनको महिनाभरि कोर्स रिभिजन तथा नमूना प्रश्नपत्र हल गराउने र विद्यालयले बोलाएको बेला अभिभावकहरुले अनिवार्य रुपमा उपस्थित हुनुपर्ने सामुहिक प्रतिबद्धता गरिएको शिक्षा शाखा प्रमुख वमले जानकारी दिए ।

शाखाले पालिकाभरिका पाँचवटै माध्यमिक विद्यालयमा शैक्षिक अन्तरक्रिया गरेको छ ।

प्रतिक्रिया