Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०५:५६

शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा भोजराज भट्ट

सम्बाददाता सम्बाददाता
सोमबार, फागुन ०७, २०८०
शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा भोजराज भट्ट

दार्चुलाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा शैल्यशिखर नगरपालिकामा कार्यरत अधिकृत भोजराज भट्टले प्राप्त गरेका छन् । 

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकालाई पत्र लेख्दै नगरपालिकामा अधिकृत छैठौं तहमा कार्यरत भट्टलाई आर्थिक तथा प्रशासनिक कामकार्यबाही गर्ने गरि जिम्मेवारी दिइएको उल्लेख गरेको छ । 

यसअघि जिल्लाको नौगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले शैल्यशिखर नगरपालिकाको समेत थप जिम्मेवारी सम्हाल्दै आएकोमा गत फागुन १ गते मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको जिम्मेवारीबाट मुक्त गर्दै नौगाड फिर्ता पठाएको थियो । 

भट्टले यसअघि विक्रम संवत् २०७६ सालमा समेत शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । 

प्रतिक्रिया